पोखरा, १८ असार २०८१/
पोखरा आउदै गरेको एउटा कार आज दिउसो कास्की जिल्लाको काँडेमा दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका छन्।
पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५३६३ नम्बरको कार कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा आज दिउँसो दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परेर पर्वतको जलजला गाउँपालिका–६ घर भएका चालक ४४ वर्षीय सनम पुन, कुश्मा नगरपालिका वडा नम्बर १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र शुशिला पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको हाल पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
