पोखरा, १७ असार २०८१/
रोल्पामा आज साँझ भएको जिप दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ। रोल्पाको माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप माडिगाउँपालिका ४ परेवा छहरामा दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको हो।
दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागी रोल्पा अस्पताल रेउघा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तर मृतकहरुको सनाखत नभएको प्रहरीले बताएको छ।
बाटोमा पहिरो गएको र चालकले गाडि रोकेर हेर्दै गर्दा ब्याक भएर गाडि सडकबाट करिब ४०० मिटर तल खसेको घटनास्थलमा पुगेका पत्रकार बुद्धिमान वलीले जानकारी दिए। गाडिमा १४ जना सवार रहेको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन ।
घाइतेहरुको उपचारको लागि अस्पतालमा ल्याइएको र अधिकांश घाइतेहरुको अवस्था गम्भिर रहेको रोल्पा अस्पताल रेउघा रोल्पाले जानकारी दिएको छ ।