अबैध लागू औषधसहित पोखराबाट दुई जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १७ तितेपानीका २३ वर्षीय मनिल बुढा र पोखरा ६ शान्तिपाटन निवासी ४०वर्षीय गोपाल गर्बुजा पुन
मगर अबैध लागू औषधसहित पोखराबाट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले मनिल बुढाको घरकोठाबाट लागू औषध डाईजापाम १० एम्पुल, फेनेरागन १० एम्पुल र नुर्फिन १२
एम्पुल गरी जम्मा ३२ एम्पुल लागू औषध बरामद गरेको छ भने गोपाल गर्बुजा पुन मगरको साथबाट लागू औषध डाईजापाम ४ एम्पुल, फेनेरागन ४ एम्पुल र नुर्फिन ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागू औषध बरामद गरिएको प्रहरीले जनाकारी दिएको छ।
उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।