पोखरा, २४ चैत २०८०/
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । काकडभिट्टाबाट पोखरा तर्फ आउँदै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि पांच जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको पुलजिप प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरिक्षक दिल बहादुर तामाङले जानकारी दिएका छन् ।