धनगढीमा गएराती प्रहरी जवान बिक मृत भेटिए

धनगढीमा गएराती प्रहरी जवान बिक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ चैत्र २०८०
  • 5.2K
    Shares

प्रहरी जवान सुरज बिक

कैलालीको धनगढीमा गएराती एक प्रहरी जवान मृत भेटिएका छन्। दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी जवान सुरज बिक बुधबार बेलुका धनगढी उपमहानगरपालिका– ७ को मनोहरा सामुदायिक वनको जङ्गलमा मृत भेटिएका हुन ।

बिक जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बझाङबाट बिदा लिएर धनगढीस्थित परिवार बसेको घरमा आएका प्रहरी जवान बिकको मृत्युका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार