गएराती पर्वतको जलजलामा दम्पत्तिको धारिलो हतियार प्रहार गरी हत्या

गएराती पर्वतको जलजलामा दम्पत्तिको धारिलो हतियार प्रहार गरी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० चैत्र २०८०
  • 34.7K
    Shares

पोखरा,२० चैत २०८०/

गएराती पर्वत जिल्लाको जलजला गाउँपालिकामा एक दम्पत्तिको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। जलजला गाउँपालिका–२ दह निवासी ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी ६७ वर्षीया श्रीमति कमला घर्ती क्षत्रीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।

मल्लाज जाने ट्रेकिङ रुटमा रहेका दुई घर मध्ये एक सूर्यबहादुर घर्ती क्षत्रीको गएराती अन्दाजी १० बजेदेखि दुई बजेको बिचमा धारिलो हतियार प्रहार गरी हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए। घटनास्थलबाट घटनामा प्रयोग भएको ठानिएको एउटा हँसिया बरामद भएको डिएसपी भुषालले बताए।

प्राप्त विवरण अनुसार, दुई छोरा वैदेशिक रोजगारीको शिलशिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् । मंगलबार बिहान आमालाई फोन गर्दा फोन नउठेपछि म्याग्दीमा रहेका जेठा छोरा र माहिली बुहारी घर पुग्दा दुवै जना घरभित्र मृत भेटिएका थिए। त्यसपछि विहान करीब साढे ९ बजे घटनाबारे प्रहरीलाई खबर भएको थियो।

घरभित्र दम्पत्ति मृत भेटिएपनि कोठाको ढोकामा भने ताल्चा लगाइएको डिएसपी भुषालले बताए । ढोका फोडेर भित्र हेर्दा दम्पत्ति मृत भेटिएको डिएसपी भुषालले जानकारी दिए । उक्त हत्या सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्बतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार