हत्या आरोपमा रामेछापको शैलुङ गाउँपालिका सदस्य थापा मगर पक्राउ

हत्या आरोपमा रामेछापको शैलुङ गाउँपालिका सदस्य थापा मगर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ चैत्र २०८०
  • 4.8K
    Shares

निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर

पोखरा,१९ चैत २०८०/

रामेछापको शैलुङ गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ। रामेछापका गणेश पाठकको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले वडा सदस्य थापामगरलाई काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रबाट आइतबार दिउँसो पक्राउ गरेको हो।

काठमाण्डौमा पक्राउ परे पनि वडासदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार, गत असारको दोश्रो साता खेतमा पानी लगाउन जान भनी निस्केका ४१ वर्षीय पाठकको चार दिनपछि शव फेला परेको थियो । शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

पीडित पक्षले दोरम्बा शैलुङ गाउँपालिका–५ का रुजन श्रेष्ठ, रुद्रबहादुर नगरकोटी, हिराबहादुर श्रेष्ठ र शैलुङ–३ का प्रकाश कँडेल र वडासदस्य लालबहादुर थापा मगर विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि फरार रहँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार