आमाको हत्या गरेर भागेका एक युवा मकवानपुरबाट पक्राउ

आमाको हत्या गरेर भागेका एक युवा मकवानपुरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ चैत्र २०८०
  • 6.3K
    Shares

पोखरा,१९ चैत २०८०/

आफ्नी आमाको हत्या गरेर भागेका एक युवालाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ। गएको फागुन ३० गते आफ्नी आमा ज्ञानीमाया गमालको हत्या गरेर भागेका थाहा नगरपालिका वडा नम्बर १० तल्लो बिसिङखेल बस्ने वर्ष २६ का मिलन गमाललाई ईलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले दिएको जानकारी अनुसार गएको फागुन ३० गते ज्ञानीमाया आफ्नै घरको खाटमा सुति रहेको अबस्थामा मृत भेटिएकी थिइन् । आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या छोरा मिलनलेनै गरेको अनुसन्धानबाट खुलेपछि छोरा मिलनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको बारेमा अनुसन्धान गर्ने क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको थियो । पक्राउ परेका मिलन माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार