वीरगञ्‍जबाट तीन चिनियाँ युवा पक्राउ

वीरगञ्‍जबाट तीन चिनियाँ युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ चैत्र २०८०
  • 3.4K
    Shares

पोखरा,१८ चैत २०८०/

अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन जना चिनियाँ नागरिक वीरगञ्जबाट पक्राउ परेका छन् ।

पर्सा प्रहरीले चीनको हुनान प्रान्तका ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र ३६ वर्षीय सियाङ जियाओलाई वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाका अनुसार, उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्री पनि बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार