१४ वर्षीया बालिकाले बच्चा जन्माएपछि वलात्कार आरोपमा बागलुङबाट मल्ल पक्राउ

१४ वर्षीया बालिकाले बच्चा जन्माएपछि वलात्कार आरोपमा बागलुङबाट मल्ल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ चैत्र २०८०
  • 4.7K
    Shares

पोखरा, १५ चैत २०८०/

बागलुङमा वलात्कार पिडित १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छिन। जबरजस्ती करणबाट गर्भवती बनेकी बागलुङ निसीखोला गाउँपालिका-३, झिवाखोलाकी १४ वर्षीया बालिकाले गत शनिबार बिहान ३ बजे धौलागिरि अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी हुन् ।

निर्धारित समय अवधि अगावै जन्मिएको बच्चाको तौल दुई किलो एक सय ५० ग्राम रहेको र एनआइसीयूमा राखेर उपचार गर्नु पर्ने भएकाले पोखरास्थित साबिकको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको धौलागिरि अस्पतालका मेडिकल रेकर्डर अधिकृत नवराज पौडेलले जानकारी दिए। पोखरामा उपचारत आमा र शिशुको अववस्था सामान्य रहेको बताइएको छ ।

यसैबीच प्रत्प अर्को एक जानकारी अनुसार, जिल्ला प्रहरी कार्यालय बागलुङले १४ वर्षिया नाबालिकालाई जबरजस्ती करनी गरेको आरोपमा निसीखोला गाउँपालिका-१ का विजय मल्ललाई पक्राउ गरेको छ। पिडित बालिकाले मल्लबिरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनी मल्लबिरुद्ध प्रहरीमा उजुरी दिन सदरमुकाम आएका बेला ब्यथा लागे पछि धौलागिरि अस्पताल भर्ना भएकी थिइन् र त्यहीं उनले शिशुको जन्म दिएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार