होलीको दिन कर्णाली पुलबाट हाम फालेपछि बेपत्ता शाहीको शब भेटियो

होलीको दिन कर्णाली पुलबाट हाम फालेपछि बेपत्ता शाहीको शब भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ चैत्र २०८०
  • 7.1K
    Shares

पोखरा, १५ चैत २०८०/

अन्य १६ साथीसंगै होलीको दिन चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेपछि बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ ।

टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो शाहीको शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।


शाही भेटिएको स्थान कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको एसपी बिष्टले बताए । होलीको दिन पाैडी खेल्न कर्णाली पुलबाट १७ जना युवाले सामूहिक रूपमा नदीमा हाम फालेका थिए ।

उनीहरूमध्ये १६ जना पौडी खेलेर बाहिर निस्किए पनि शाही भने बेपत्ता भएका थिए । उनलाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयबासी र नेपाल प्रहरी खटिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260