बाँकेको कोहलपुरमा गएराती एक औद्योगिक मजदुरले आफ्नी श्रीमतीको हत्या गरे

बाँकेको कोहलपुरमा गएराती एक औद्योगिक मजदुरले आफ्नी श्रीमतीको हत्या गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ चैत्र २०८०
  • 5.6K
    Shares

श्रीमतीको हत्या आरोपमा नेपालगन्जबाट पक्राउ परेका अनिल बिक

बाँकेको कोहलपुरमा गएराती एक औद्योगिक मजदुरले चार महिना अघि बिबाह गरेकी आफ्नी श्रीमतीको हत्या गरेका छन्। बर्दियाको बाँसगढी- ४ घर भइ हाल कोहलपुर- १४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकले गएराती १० बजे २१ वर्षकी श्रीमती सुशीला सुनारको हत्या गरेका जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

जाजरकोट माइत रहेकी पत्नीसँग राती झगडा भएपछी अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेकामा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याइएकोमा त्यही उपचारको क्रममा सुशिलाको मृत्यु भएको प्रहरीले बताएको छ। ‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको देखिएको डीएसपी डाँगीले बताए।

अनिल कोहलपुर- १४ पार्वतिपुरस्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन्। प्रहरीले अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

उनीहरुको डेराबाट प्रहरीले रगत लागेको धारिलो हतियार पनि बरामद गरिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार