गोरखाका एक पत्रकार सहित तीन जना बहुमुल्य गहना ठगी गरेको आरोपमा काठमाण्डौबाट पक्राउ

गोरखाका एक पत्रकार सहित तीन जना बहुमुल्य गहना ठगी गरेको आरोपमा काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० चैत्र २०८०
  • 4.8K
    Shares

गिरफ्तार

पोखरा, १० चैत २०८०/

बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाका एक जना पत्रकारसहित दुई जना नुवाकोटबाट पक्राउ परेका छन्। गोरखामा केही समय पत्रकारिता क्षेत्रमा सक्रिय गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाललाई प्रहरीले बहुमुल्य बस्तु ठगी गरेको आरोपमा गोरखाबाट पक्राउ गरेको हो। उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार, गत फागुन ३० गते मुगाको माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । उनीहरुले सामान हेरेपछि ३५ लाखमा लेनदेन गर्ने पक्का पक्की गरेका तर पैसा नदिई सामान लिएर भागेको प्रहरीले आरोप लगाएको छ।

तामाङले आफ्नो सामान चोरी भएको नुवाकोट प्रहरीमा खवर गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट ठगी गरेको सामान सहित उनीहरुलाई पक्राउ गरिएको प्रनाउ खड्काले बताए । उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको उनले जानकारी दिए । उनीहरु बिरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार