पोखरा, १० चैत २०८०/
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। जिल्लाको अदानचुलीकाे श्रीनगरबाट वडा नम्बर-५, काे बारीगाउँ जाँदै गरेकाे सु००१ ज ११८३ नम्बरको बाेलेराे जीप चार बजेतिर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लाेहार र १३ वर्षीय प्रवेश ऐडीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए । जीप सडकभन्दा केही तल खसेकाे छ।