झापामा एकाबिहानै राती एकै घरमा सुतेका साथीको खन्तीले हानेर हत्या

झापामा एकाबिहानै राती एकै घरमा सुतेका साथीको खन्तीले हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ चैत्र २०८०
  • 11.2K
    Shares

पोखरा, ८ चैत २०८०/

झापामा आज एकाबिहानै एक युवाले खन्तीले हानेर आफ्नै साथीको हत्या गरेका छन्। भद्रपुर नगरपालिका–२ स्थित साविक पृथ्वीनगर गाविस गौरीशङ्करमा अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले आज बिहान ५ बजे अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरेका हुन् ।

गए राति सनमको घरमा गएर संगै सुतेका कमान सिंह राईले खन्तीले हानेर सनम राई (गंगा) को हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसइबीले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार