स्रोत नखुलेको करीब डेढ करोड रुपैयाँसहित आठ जना बाँकेबाट पक्राउ

स्रोत नखुलेको करीब डेढ करोड रुपैयाँसहित आठ जना बाँकेबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ चैत्र २०८०
  • 6.9K
    Shares

पोखरा, २ चैत २०८०/

स्रोत नखुलेको करीब डेढ करोड रुपैयाँसहित आठ जना बाँकेबाट पक्राउ परेका छन्। बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर, नेपालगञ्ज २, पुष्पलाल र नेपालगञ्ज १ सानिमा बैंकनजिकबाट स्रोत नखुलेको एक करोड ५६ लाख २८ हजार तीन सय रुपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ ठेगाना भई नेपालगञ्ज उपमहानगरपालिका–४, बस्ने वर्ष ४३ का कृष्णबहादुर विक, नेपालगञ्ज १६ का ३५ वर्षीय रोहित क्षेत्री, वर्ष ३६ का हसिब अहमद जसगढ, वर्ष ५० का सलिम जोलाह, सलिमकै छोरा वर्ष २८ का आसिप जोलाह, भारतको बहराइच बस्ने वर्ष ४१ का राहुल जैसवाल, बर्दियाको राजापुर नगरपालिका–१ बस्ने वर्ष २० का अनुप थारु र बर्दियाको बारबर्दिया नगरपालिका–२ बस्ने वर्ष २५ की पूर्णिमा चौधरीलाई उक्त स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बरामद रकममा नेपाली नोटसहित र भारतीय नोट पनि छन् । रकमसहित आठै जनालाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार