पैसा नदिए पछि शिवरात्रीको दिन हजुरआमाको हत्या : गाडेको अवस्थामा भेटियो शब

पैसा नदिए पछि शिवरात्रीको दिन हजुरआमाको हत्या : गाडेको अवस्थामा भेटियो शब


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ चैत्र २०८०
  • 4.7K
    Shares

पोखरा, १ चैत २०८०/

झापाको गौरादहमा एक महिलाको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ । गौरादह–७ की ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या आरोपमा नाति १७ वर्षीय धिरज विश्वकर्मासहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

लागुऔषध सेवन गरेका धिरजले फागुन २५ गते वृद्धा हजुरआमा नरमायाको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । हत्या पश्चात् उनको शव ग्वालीमा लगेर पुरेका थिए ।

पाँच दिनदेखि आमा हराइरहेको भन्दै उनका छोरा रमेश विश्वकर्माले आज बिहान प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परे लगतै अनुसन्धान गर्दै जाँदा उनको हत्या भइसकेको र शव ग्वालीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शिवरात्रिका दिन लागुऔषध सेवन गरी धिरज पैसा माग्न हजुरआमालाई भेट्न घर पुगेका थिए । घरमा अरू कोही सदस्य नभएको बेला हजुरआमासँग पैसाको विषयमा विवाद भएको र धिरजले नशाको झोकमा हजुरआमाको हत्या गरेको हुन सक्ने अनुसन्धानको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार