विभिन्न हातहतियारसहित स्याङजाको पाठेखोलाबाट दुई जना पक्राउ

विभिन्न हातहतियारसहित स्याङजाको पाठेखोलाबाट दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० फाल्गुन २०८०
  • 9.4K
    Shares

गिरफ्तार

पोखरा, ३० फागुन २०८०/

स्याङजाको वालिङ नगरपालिका-१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली नौ राउण्ड, छर्रा, बारूद एक वट्टा र हसिया एक थानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार