पांच हप्तादेखि काठमाण्डौबाट बेपत्ता स्कुले छात्राको शव शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा भेटियो, हत्याको आशंका

पांच हप्तादेखि काठमाण्डौबाट बेपत्ता स्कुले छात्राको शव शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा भेटियो, हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० फाल्गुन २०८०
  • 10K
    Shares

गोकर्णेश्वर नगरपालिका–३, तारेभीरस्थित जंगलमा मृत भेटिएकी सुष्मा लामा

झन्डै पांच हप्तादेखि बेपत्ता रहेकी काठमाण्डौको बूढानीलकण्ठस्थित सामुदायिक विद्यालयको कक्षा कक्षा १२ अध्ययनरत एक छात्रा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा मृत भेटिएकी छिन। गएको माघ २२ गतेदेखि नेपत्ता रहेकी जंगलनजिकै घर भएकी १८ वर्षीया सुस्मा लामा शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा मृत भेटिएकी हुन।

उनको शव एक महिनापछि तारेभिरको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

गोकर्णेश्वर–३ का वडा सदस्य सचिन लामाका अनुसार, कलेज जान्छु भनेर हिँडेकी उनी घर नफर्किएपछि परिवारले २५ माघमा प्रहरी वृत्त, बौद्धमा खोजतलासका लागि निवेदन दिएको थियो । त्यसैबीच उनले बिबाह गरेको साथीहरुले चर्चा गरे पछि उनको खोजीलाई सुस्त भएको थियो। त्यहीबीच उनको शब् जंगलमा भेटिएको बताइएको छ।

शव भेटिएपछि गम्भीरतालाई हेरेर आफूहरुले अनुसन्धान थालेको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी सोमेन्द्रसिंह राठौर बताउँछन् ।

शव बरामद भएलगत्तै फरेन्सिक डाक्टरसहतिको टोली गएर जाँच गरेको थियो । त्यसपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार