कास्कीको मादी गाउपालिकाका मल्ल चोरीको चार वटा गाडीसहित काठमाण्डौमा समातिए

कास्कीको मादी गाउपालिकाका मल्ल चोरीको चार वटा गाडीसहित काठमाण्डौमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 72.2K
    Shares

चार वटा चोरीको गाडीसहित पक्राउ परेका कास्की मादी गाउपलिकाक सुरज मल्ल रुनका साथी

पोखरा, २९ फागुन २०८०/

कास्की जिल्लाको मादी गाउपालिका घर भएका एक युवा चोरीको चार वटा गाडीसहित काठमाण्डौमा पक्राउ परेका छन्। कास्कीको मादी गाउँपालिका–७ घर भएका ४८ वर्षीय सुरज मल्ल चोरीको चार वटा गाडीसहित काठमाण्डौमा पक्राउ परेका हुन्। उनीसंगै प्रहरीले सोहि आरोपमा नुवाकोटको बिदुर घर भएका २३ वर्षीय सविन राईलाई पनि पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख छ।

उनीहरुको साथबाट प्रहरीले पत्यकाको विभिन्न ठाउँबाट चोरी गरिएका चार वटा ब्रेजा गाडीसमेत बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

अभियुक्त सुरज मल्लको नामको दुई थान र अर्का एक जनाको नाममा रहेको एक थान नक्कली सवारी दर्ता किताब पनि बरामद गरिएको प्रहरीले दाबी गरेको छ । उनीहरुले भारतबाट गाडी चोरेर ल्याएर नेपालमा नक्कली दर्ता किताब बनाएर बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पैसाको अभाव देखाएर उनीहरुले धरौटीमा गाडी राखेर रकम लिएपछि सम्पर्क विहीन हुने गरेको प्रहरी अनुसन्धानले देखाएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार