पोखरा, २९ फागुन २०८०/
आइफोन १० चोरी गरेको आरोपमा गोरखाबाट एक जना युवा पक्राउ परेका छन्। गोरखाको बारपाक सुलिकोट गाउपालिका वडा नं.८ जराङ घर भई हाल गोरखा नगरपालिका वडा नं.७ पुरानो बसपार्क बस्ने २९ वर्षीय सुमन बराम आइफोन १० चोरी गरेको आरोपमा गोरखाबाट पक्राउ परेका हुन्।
उनले गएको शनिबार दिउसो चार बजे गोरखा न.पा. वडा नं.५ पस्लाङ निवासी कैलाश आलेको घर कोठाबाट IPhone X मोबाईल चोरी गरेको आरोप प्रहरीले लगाएको छ। पक्राउ परेका अभियुक्त बरामको साथबाट प्रहरीले चोरीको उक्त आइफोन १० पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरकहाले जानकारी दिएको छ।
अभियुक्त बिरुद्ध जिल्ला अदालत गोरकहामा चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।