तनहुँ, २८ फागुन २०८०/
छोराछोरी मोबाइलमा खेलिरहेका छन् भनेर तपाईं ढुक्क नहुनुहोस। छोराछोरीले मोबाइलमा के गरिरहेका छन् र के हेरिरहेका छन् भन्ने बारेमा बेला-बेलामा ध्यान दिनुहोस र एकोहोरो मोबाइल हेर्न हुन्न भनेर आफ्ना छोराछोरीलाई बेला-बेलामा झक्झक्याउन पनि नछाड्नु होला। नत्र तपाइले आफ्नै सन्तानका बारेमा नराम्रो खबर सुन्नु पर्ने हुन सक्छ।
तनहुँमा यस्तै भएको छ। मोबाइल चलाउन नपाएको रिसको झोकमा तनहुँमा एक बालकले आत्महत्या गरेका छन् । जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि शनिबार घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाको पुष्टि गरेको छ भने त्यस सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको बताएको छ।