बालकले लाइटर बाल्दा घरटहरामा आगलागी : पांच वर्षीय बालकको मृत्यु

बालकले लाइटर बाल्दा घरटहरामा आगलागी : पांच वर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ फाल्गुन २०८०
  • 8.2K
    Shares

घरटहरामा आगलागी

पोखरा, २६ फागुन २०८०र

तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ। आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो।

निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार