पोखरा, २५ फागुन २०८०र
भक्तपुरमा गएराती रक्सी खाएर आएका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा बस्दै आएका २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईको हत्या गरेका हुन्।
प्रहरीका अनुसार, मादक पदार्थ रक्सी सेवन गरेर बिहीबार साँझ डेराकोठामा आएका सन्तोष भुजेलको श्रीमती पवित्रा राईसंग झगडा भए पछि कुटपिट गरेर घाइते बनाएका थिए। त्यसपछि उपचारार्थ भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ : १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
श्रीमतीको मृत्यु भए पछि सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।