रोमानिया पठाईदिन्छु भन्दै एक लाख रुपियाँ ठगी गरेको आरोपमा बागलुङका शर्मा काठमाण्डौमा समातिए

रोमानिया पठाईदिन्छु भन्दै एक लाख रुपियाँ ठगी गरेको आरोपमा बागलुङका शर्मा काठमाण्डौमा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ फाल्गुन २०८०
  • 107.7K
    Shares

रोमानिया पठाईदिन्छु भन्दै मोटो रकम ठगी गरेको आरोपमा बागलुङका एक व्यक्ति काठमाण्डौमा पक्राउ परेका छन्। बाग्लुङको जैमिनी नगरपालिका वडा नं. ८ घर भई हाल काठमाण्डौंको तार्केश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने ५६ वर्षीय शेषकान्त शर्मालाई प्रहरीले रोमानिया पठाईदिन्छु भन्दै मोटो रकम ठगी गरेको आरोपमा काठमाण्डौको मिनभवनबाट पक्राउ गरेको हो।

अभियुक्त शर्माले तुल बहादुर बलाललाई वैदेशिक रोजगारीको लागि ‘रोमानिया पठाईदिन्छु, त्यसको लागि सात लाख रुपियाँ लाग्छ, रोमानिया पुगेपछि, प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. ९० हजार तलव हुन्छ” भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोप प्रहरीले लगाएको छ।

अभियुक्त शर्माले विभिन्न प्रलोभंन देखाएर तुल बहादुर बलालबाट एक लाख रुपियाँ लिएर सम्पर्कबिहिन भएको पनि प्रहरीले बताएको छ। पक्राउ परेका शर्मालाई कानूनी कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार