पोखरा, २२ फागुन २०८०/
दार्चुलामा सशस्त्र प्रहरीका एक जना सहायक हवल्दार मृत फेला परेका छन्। बैतडीको पुर्चौडी नगरपालिका-३ स्थायी घर भै हाल कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत सहायक हवल्दार ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहका अनुसार उनी दुई-तीन दिन अगाडि बिदा लिएर ससुराल पुगेका थिए। उनी अपिहिमाल गाउँपालिका–२स्थित ससुराली घरबाट करीब दुई सय मिटर टाढा सोमबार बिहान करिब नौ बजेतिर रुमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
मृतक बाेहराकी श्रीमती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत छिन्। उनका एक छाेरा र एक छाेरी छन्। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकाे डिएसपी सिंहले जानकारी दिए।