गएराती मोरङमा शौचालय गएकी किशोरीको घाँटी रेटेर विभत्स हत्या

गएराती मोरङमा शौचालय गएकी किशोरीको घाँटी रेटेर विभत्स हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 8.2K
    Shares

पोखरा, २२ फागुन २०८०/

गएराती मोरङमा शौचालय गएकी बालिकाको घाँटी रेटेर विभत्स तरीकाले हत्या गरिएको छ । खोटाङको एसेलुखर्क गाउँपालिका ६ स्थायी घर भै दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घर पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानुमती राईको गएराती सोमबार राति करिब १० बजे घाँटी रेटेर विभत्स हत्या तरीकाले गरिएको हो।

एसेलुखर्क गाउँपालिका ६ मा रहेको पञ्चायत माविको क्षा ७ मा अध्ययनरत ती किशोरीको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख नवराज कार्की पनि पुगेका छन् ।

घट्नाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेकोले कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार