पोखरा, १४ फागुन २०८०/
ताप्लेजुङका एक युवा पोखरामा अबैध लागू औषध चरेस, ब्राउन सुगर र गाँजासहित समातिएका छन। ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं.७ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ फेवामार्ग बस्ने बर्ष ३८ का मनिष गुरुङ बैध लागू औषध चरेस, ब्राउन सुगर र गाँजासहित समातिएका हुन।
शनिबार बिहान नेपालगञ्जबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा आउनेक्रममा पोखरा १७ छोरेपाटनबाट उनी समातिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जानकारी दिएको छ।
प्रहरीले बसमा सवार उनलाई शंका लागेर खानतलासी गर्दा कट्टुमा लुकाएको अवस्थामा साढे ६ ग्राम ब्राउन सुगर भेटिएको प्रहरॆकोइ दाबी छ । उनको साथबाट आइफोन २ थान, उनको कोठाबाट डेढ किलो गाँजा र १५ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध लागूऔषध ब्राउन सुगरसमेत मुद्दा जिल्ला अदालतमा दर्ता गरी पहिलो पटक सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।