पोखरा, १३ फागुन २०८०/
करीब आठ लाख रुपियाँ बराबरको गरगहना चोरी गरेको आरोपमा पोखराबाट तीन जना युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट फागुन १ गते करिब ८ लाख रुपैया बराबरको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा–२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा २६ बस्ने अर्जुन नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुको साथबाट प्रहरीले सम्पदाटोलबाट चोरी भएका माईली तिलहरी एक थान, मंगलसुत्र दुई थान, झुम्का दुई थान, बेरुवा औठी एक थान, जाली औठी एक थान र नगद एक लाख १६ हजार रुपैयाँसहित कुल सात लाख ९६ हजार बराबरको बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका अभियुक्तहरु बिरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हरीले जनाएको छ ।