पोखरा, १२ फागुन २०८०/
दुई जना नाबालिकालाई वलात्कारको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नं.१४ सलाङगिरी बस्ने ५७ वर्षीय सिताराम भन्ने दल बहादुर विश्वकर्मालाई प्रहरीले दुई जना नाबालिकालाई वलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त बिकले गत बुधबार बिहान अन्दाजी ११ बजे सात वर्षीया र नौ वर्षीया नाबालिकालाई फकाई फुलाई झरौटे धारा वनमा लगी वलात्कारको प्रयास गरेको आरोप प्रहरीले जानकारी दिएको छ। नाबालिकाहरुले आफुहरुलाई वलात्कारको प्रयास भएको जानकारी दिए पछि पिडित बालिकाका आमाले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
अभियुक्त बिकबिरुद्ध गोरखा जिल्ला अदालत गोरखामा जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।