रोल्पामा रक्सी खाएर आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

रोल्पामा रक्सी खाएर आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ फाल्गुन २०८०
  • 4K
    Shares

श्रीमानद्वारा कुटपिट

पोखरा, १२ फागुन २०८०/

रक्सी खाएर रोल्पामा एक जनाले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। रोल्पाको माडी गाउँपालिका १ जयलखसे का भिमबाहादुर बुढाले आफ्नै श्रीमती मनकुमारी बुढालाई धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।

माडी गाउँपालिका १ जयलखसेका ३२ बर्षिय भिमबाहादुर बुढाले शुक्रबार दिउसो ३ बजे आफ्नै २८ बर्षिया श्रीमती मनकुमारी बुढालाई धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । रक्सी खाएर मातेका भिमबहादुरले श्रीमती मनकुमारी बुढाको चक्कुले घाँटिमा प्रहार गरी हत्या गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटना पश्चात इलाका प्रहरी कार्यालय घर्तिगाउबाट प्रहरी निरिक्षक कृष्ण सोनीको कमाण्डमा गएको प्रहरी टोलीले अभियुक्त भिमबाहादुर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मनकुमारी बुढा र भिमबहादुर बुढाका १२ बर्षका छोरा, ५ बर्षका छोरी रहेका छन् । .इलाका प्रहरी कार्यालय घर्तिगाउबाट प्रहरी निरिक्षक कृष्ण सोनीको कमाण्डमा भिमबहादुर बुढालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण नखुलेको, थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रवक्ता एंव सुचना अधिकारी प्रहरी निरिक्षक राम नारायण गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार