पोखरा, १२ फागुन २०८०/
पार्किङ गरी राखेको स्काईभेटरबाट डिजल चोरी गरेको आरोपमा प्रहरीले तनहुँको भिमादबाट ट्रिपर साहु र ड्राइभरलाई पक्राउ गरेको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ खैरेनीटारस्थित तिम्सिनाचोकमा पार्किङ गरी राखेको बा २ क ३२२८ नम्वरको स्काईभेटरको ट्याङ्कीबाट डिजल चोरी गरेको आरोपमा प्रहरीले तनहुँको भिमादबाट ट्रिपर साहु र ड्राइभरलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ग १ ख ६८०७ नं. को ट्रिपरधनी जिल्ला तनहुँ व्यास वडा नं. १० वैरेनी घर भएका ३० बर्षिय अर्जुन बि.क. र ट्रिपर चालक सोही ठाउँका ३२ बर्षिय लिलामणी दराई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए। उनीहरुलाई इलाका प्रहरी कार्यालय वेलचौतारावाट खटिएको प्रहरी टोलीले भिमादबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ गरेपश्चात ट्रिपर धनी अर्जुन वि. क. को घरमा खानतलासी गर्दा थप दुईसय ६५ लिटर डिजल बरामद गरिएको प्रहरीको दाबी छ।
चोरीमा संलग्न दुवै जनालाई चोरी सम्वन्धी कसूरमा जिल्ला अदालत तनहुँवाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।