दुई दिनदेखि बेपत्त्ता ढकालको शब भक्तपुरमा परालले छोपेको अवस्थामा भेटियो

दुई दिनदेखि बेपत्त्ता ढकालको शब भक्तपुरमा परालले छोपेको अवस्थामा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 8.1K
    Shares

शब, deadbody

पोखरा, ११ फागुन २०८०/

दुई दिनदेखि बेपत्त्ता रहेका एक व्यक्तिको शब भक्तपुरमा परालले छोपेको अवस्थामा भेटिएको छ। भक्तपुरस्थित डेराबाट दुई दिन अघिदेखि बेपत्ता रहेका तेह्रथुमको छथर गाउँपालिका – २ घर भएका ३३ वर्षीय गोपाल प्रसाद ढकालको शब भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा भेटिएको हो।

शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी बसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार उनी यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएका थिए । तर घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएका थिए । त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो ।

उनी मृत अवस्थामा फेला परेपछि अपराध अनुसन्धान विभाग र नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी पाठकले जानकारी दिए । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार