पोखरा, ९ फागुन २०८०/
अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । धनुषाको अशोककुमार मण्डल अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
नेपाल एयरलाइन्सको विमानमार्फत बुधबार साँझ ६ बजे साउदी जान लागेका मण्डलको नियमित जाँच गर्ने क्रममा शंका लागेपछि गरिएको सोधखोजका क्रममा उनको साथबाट अचारको सीसीभित्र पकाएर डल्लो पारिएका लागू औषध गाँजा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए ।
प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्न विमानस्थल प्रहरीले मण्डल र बरामद सामानलाई लागूऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाएको छ ।