लागू औषध सम्बन्धी मुद्दामा दोषी ठहरिएका ऋतिक पक्राउ

लागू औषध सम्बन्धी मुद्दामा दोषी ठहरिएका ऋतिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ माघ २०८०
  • 5.5K
    Shares

पोखरा, २४ माघ २०८० /

लागू औषध सम्बन्धी मुद्दामा दोषी ठहर पोखराका एक युवा पक्राउ परेका छन्। जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागू औषध सम्बन्धी मुद्दामा दोषी ठहर गरेका पोखरा महानगरपालिका वडा नम्बर २० स्थायी घर भई हाल पोखरा–१६ दीप बस्ने २६वर्षीय ऋतिक परियारलाई पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले परियारलाई मंगलबार पक्राउ गरेको जानकारी दिएको छ। जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागूऔषध मुद्धामा एक वर्ष सात महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

पक्राउ परेका परियारलाई अदालतको फैसला कार्यान्बयन गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार