पोखरा, २२ माघ २०८० /
लुडो खेलिरहेका पांच जना युवा पोखराबाट पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित धरहरा मार्गमा लुडो खेलिरहेका पांच जना युवालाई प्रहरीले पक्राउ गरेको हो।
\
शनिबार दिउसो लुडो खेलिरहेको अवस्थामा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९ वर्षीय विकास पुनलाई पक्राउ गरिएको जिउल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट ७२ हजार रुपौयाँ, लुडो खेल्न प्रयोग हुने बोर्ड, विभिन्न रङका १६ वटा गोटीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुका बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रवण कुमार विकले जानकारी दिए ।