पोखरा, २० माघ २०८० /
दुई वटा भैंसी चोरी गरेर भाग्दै गरेका एक युवा हतियारसहित पक्राउ परेका छन्। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको घरबाट गएराती दुई वटा भैंसी चोरी गरेर भाग्दै गरेका युवा हतियारसहित पक्राउ परेका हुन्।
सुनसरीको हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोलीको खोका १ थानसहित गएराति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
लबटोलियाटोलबाट दुई वटा भैँसी चोरी भएको सूचना पाएको प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरी टोलीले भैंसी चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको बताइएको छ। प्रहरीले भैंसी चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।