पोखरा, २० माघ २०८० /
तनहुँमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ कुम्लेखोलामा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर शुक्लागण्डकी-६ ओखलेका २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बिहान २:४५ बजे कुम्लेखोलामा जिल्ला सल्यान शारदा नगरपालिका-१२ स्थायी घर भइ हाल शुक्लागण्डकी-६ ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगी र सन्तोष कुमाल विद्युतीय तारको प्रयोग गरी माछा मार्दै गर्दा कुमाल करेन्ट लागेर घाइते भएका थिए । घाइते कुमाललाई उपचारको लागी जीपी कोइराला श्वासप्रश्वास केन्द्र बेचलौतारा लागिएकोमा करिव ३ बजे चिकित्सकद्वारा मृत घोषणा गरिएको उनले बताए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।