पोखरा, २० माघ २०८० /
बागलुङबाट चोरी भएको स्कुटरसहित म्याग्दी सदरमुकाम बेनीबाट एक युवती पक्राउ परेकी छिन। बागलुङ नगरपालिकाको वडा नम्बर २ समिक्षालयचोकबाट चोरी भएको ध प ४९२८ सहित म्याग्दीबाट नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ९ घर भै हाल बागलुङ नगरपालिका वडा नम्बर ४ मा बस्ने १९ वर्षीय बिपना केसी पक्राउ परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गएको सोमबार दिउसो पौने ४ बजेको समयमा बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी रबिन खड्काको ध प ४९२८ नम्बरको डियो स्कुटर बागलुङ २ समिक्षालयचोकबाट चोरी भएको थियो। नजिकै रहेको सिसिटिभी फुतेजमा उक्त स्कुटर एक जना युवतीले चोरी लगेको देखिए पछि प्रहरीले उक्त स्कुटर खोज्दै जाँदा जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका वडा नम्बर ८ बाट चोरीको त्यस स्कुटरसहित बिपना केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
म्याग्दीमा पक्राउ परेकी केसीलाई बागलुङमा ल्याई बागलुङ जिल्ला अदालतबाट चोरी सम्बन्धि मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।