सर्लाहीमा युवती शंकाष्पद रुपमा मृत भेटिइन्, पति र ससुरा फरार

सर्लाहीमा युवती शंकाष्पद रुपमा मृत भेटिइन्, पति र ससुरा फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ माघ २०८०
  • 3.1K
    Shares

पोखरा, १८ माघ २०८० /

सर्लाहीको बलरामा एक युवती आफ्नै घरम मृत भेटिएकी छन् । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दीका छोटेलाल सहनीकी पत्नी २१ वर्षीया पूजा देवी रहेकी छन् ।

बुधबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले बताए । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको धितालको भनाइ छ ।

घटना हुनुअघि घरमा विवाद भएको जानकारीसमेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार