तराईमा हुस्सु र कुहिरो, उच्च भूभागमा वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरो, उच्च भूभागमा वर्षा र हिमपातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ माघ २०८०
  • 5.4K
    Shares

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (बिहीबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका धेरैजसो भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ।

बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसहित देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीर्क अवस्था रहने र बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना देखिएको छ।

भोलि (शुक्रबार) पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भोलि पनि हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने अनुमान छ। शनिबार कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार