एकीकृत समाजवादी समर्थित युवासंघ प्युठानका अध्यक्षको टाउकोमा रड प्रहार

एकीकृत समाजवादी समर्थित युवासंघ प्युठानका अध्यक्षको टाउकोमा रड प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ माघ २०८०
  • 6.7K
    Shares

पोखरा, १ माघ २०८० /

नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ नेपाल प्युठानका अध्यक्ष कमल घर्तीमगर माथि स्थानीय युवाले आक्रमण गरेका छन्।

गौमुखी मेला हेर्न गएको बेला किनाम भन्ने ठाउँ नजिक दुई जना अपरिचित व्यक्तिले घर्तीमाथि रड प्रहार गरेको नेकपा एसका जिल्ला अध्यक्ष भोजविक्रम बुढामगरले दिए ।

घर्तीमगरको टाउको र हातमा चोट लागेको छ । टाउकोमा सात वटा टाका लगाइएको बुढाले बताए ।

घर्तीको सामुदायिक स्वास्थ्य चौकी अर्खामा सामान्य उपचार पछि प्युठान जिल्ला अस्पताल रिफर गरिएको थियो । उनी खतरामुक्त भए पनि टाउकोमा धेरै चोट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार