पोखरा, २२ पुष २०८०/
नेपाल रेडक्रस सोसाइटी गोरखाका कोषाध्यक्ष ज्ञानहरी अर्यालमाथि हातपात गर्ने सो शाखाका कार्यालय प्रमुख सुवास घिमिरे निलम्बनमा परेका छन् ।
सभापति यदु विलास भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो । घिमिरेले गत सोमबार कार्यालयमा सभापतिसहित अन्य पदाधिकारी कै अगाडि आफूले भने बमोजिम चेक नकाटेको भन्दै कोषाध्यक्ष अर्यालमाथि हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ ।
केही महिना अघि रेडक्रसको एम्बुलेन्स प्रक्रिया नै पूरा नगरी आफूखुशी कवाडीमा बिक्री गरेको र रेडक्रसका कार्यक्रमहरू पनि उनले अपारदर्शी ढंगले आफू अनुकुल सञ्चालन गरेको आरोप घिमिरेमाथि लागेको छ ।