पोखरा, २१ पुष २०८०/
म्याग्दीमा शनिबार बिहानै नातिनी-बज्यैको बिभत्स तरीकाले हत्या भएको छ। म्याग्दीको मालिका गाउँपालिका–७, बिम बिबोटमा शनिबार बिहान ८५ वर्षीया बनसांगो गर्बुजा र उनको आठ वर्षीया नातिनी प्रियंका गर्बुजाको बिभत्स तरीकाले हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक अशोक झाका अनुसार, उनीहरुलाई मानसिक सन्तुलन गुमाएका बिमवाङका टेकप्रसाद रोकाले बिभत्स तरीकाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक अशोक झाले जानकारी दिए। रोकाले उनीहरुलाई विहान करिब ८ बजे अन्धाधुन्ध ढुंगा र दाउराले हानेर हत्या गरेको बताइएको छ। अमृता जुग्जाली र प्रियंकालाई हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो ।
अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ ।
बृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए ।