गाँजा किन्न पैसा अभाव भएपछि नुवाकोटका एक युवाद्वारा ७५ वर्षीया बृद्धाको हत्या

गाँजा किन्न पैसा अभाव भएपछि नुवाकोटका एक युवाद्वारा ७५ वर्षीया बृद्धाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० पुष २०८०
  • 4.4K
    Shares

गाँजा किन्ने पैसाका लागि ७५ वर्षीया वृद्धको हत्या गरेको आरोपमा नुवाकोटबाट पकराउ परेका सुकु तामाङ

पोखरा २० पुष २०८०/

लागू औषध गाँजा किन्न पैसा अभाव भएपछी नुवाकोटका एक युवाले ७५ वर्षीया बृद्धाको हत्या गरेका छन्। नुवाकोट जिल्लाको शिबपुरी गाउँपालिका वडा नम्बर ६ स्थित साल्मेटार बस्ने २२ वषीर्य सुकु तामाङले आफ्नै गाउँ बखतीटोल खत्रीटोल बस्ने ७५ वर्षीया नेत्र कुमारी घर्ति क्षेत्रीको हत्या गरेका हुन्।

बृद्धाको शब गएको पुस १७ गते बिहान उनको आफ्नै घरमा रहेको बाख्राको खोरमा फेला परेको थियो। पुस १६ गते राति १० बजे बृद्धा नेत्र कुमारीको हत्या गरेर भागेका सुकु तामाङलाई प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा काठमाण्डौ टोखामा लुकिबसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

हत्यापश्चात लुटेर लगेको नगद ८३ हजारसहित कानमा लगाएको सुनका गहना बेरुवा २ थान तथा सुनको गहनाहरु तिलहरी लगायतका धनसम्पत्ति बुढानिलकण्ठ नगरपालिका वडा नं ६ स्थित च्यासिङटोलस्थित जंगलको झाडिमा लुकाई राखेको अवस्थामा बरामद गरिएको पनि प्रहरीले जनाएको छ।

प्रहरील्को नियन्त्रणमा रहेका अभियुक्त्न तामाङले आफूले खाने लागू औषध गाँजा किन्न पैसा नभए पछि बृद्धाको हत्या गरेको प्रहरीसमक्ष बताएका छन्। पक्राउ परेसँगै अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान तथा लुटपाट सम्बन्धी कसूरमा जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद लिई अनुसंधान अगाडी बढाइएको जिल्ला प्रहर्फी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार