पोखरा, १७ पुष २०८०/
आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले गोरखाबाट एक जना पक्राउ गरेको छ। गोरखा आरुघाट गा.पा. वडा नं. ६ कल्लेरी निवासी ४५ वर्षीय जिरबहादुर गुरुङलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सोही ठाउँकी ४५ वर्षीया मंगली बिकलाई प्रहरीले पक्राउ गरेको हो।
गएको पुष १२ गते बिहान साढे छ बजे कल्लेरीमा खनायोको रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत भेटिएका गुरुङलाई अभियुक्त बिकले विभिन्न तरहले मानसिक यातना दिई आत्महत्या प्रहरीको जिकिर छ। बिकबिरुद्ध गुरुङकाका आफन्तले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
अभियुक्त बिकबिरुद्ध गोरखा जिल्ला अदालत गोरखाबाट आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर शीर्षकमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।