दाङस्थित कोइलाखानीको सुरुङमा टोल विकास संस्थाका अध्यक्ष केसीको गोली हानि हत्या : श्रीमान-श्रीमती र साला भारतबाट पक्राउ

दाङस्थित कोइलाखानीको सुरुङमा टोल विकास संस्थाका अध्यक्ष केसीको गोली हानि हत्या : श्रीमान-श्रीमती र साला भारतबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ पुष २०८०
  • 6.1K
    Shares

कोइलाखानीमा गोली हानी हत्या

दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका दाङको घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्ष शिवराज केसीको हत्या सम्बन्धमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक भएका छन्। केसीको हत्यामा संलग्न रहेको आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र साला अर्थात दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरेपछि उनको हत्या सम्बन्धमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक भएका हुन्।

घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा घर भएका ४५ वर्षीय केसीको हत्या पश्चात भारतको राजधानी नयाँ दिल्ली पुगेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर प्रहरीले दाङ ल्याइएको छ। हाल जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका मध्ये शेरबहादुर कँवर आफु एक्लैले केसीको गोली हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। तर प्रहरीले उक्त बन्दूक भने फेला पार्न नसकिएको बताएको छ।

दाङ प्रहरी भने शेर बहादुर कंवरको बयानलाई मान्ने अवस्थामा छैन। शेरबहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएकोजस्तो देखिएको भन्दै प्रहरीले त्यो कोणबाट अनुसन्धान अघि बढाएको छ। ‘शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिन्छ, त्यसैलाई बाहना बनाएर सुरूङमा लगेर हत्या गरेकोजस्तो देखिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘प्रारम्भिक बयानमा पनि उनीहरूले यस्तै कुरा गरेका छन्। थप अनुसन्धान हुँदैछ।’ एसपी रामबहादुर केसी घटनाबारे गहिरोसँग अनुसन्धान भइरहेको बताउछन ।

पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका केसी सम्पर्कबिहीन भएपछि परिव्वाराले उनको खोजी सुरु गरेका थिए । उनको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो। स्थानीयको सहयोगमा शिवराजको शव शुक्रबार दाङको बंगलाचुलीस्थित कोइराला खानीको सुरुङमा करीब ५० मिटर भित्र फेला परेको थियो।

छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डिएसपी जनकबहादुर मल्लले बताए। ‘छातीमा गोली लागेको घाउ छ,’ उनले भने। पोस्टमर्टम रिपोर्ट भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार