पोखरा, १५ पुष २०८०/
स्कुटर चोरी गरेर भागेका युवा स्कुटरसहित रुपन्देहीबाट पक्राउ परेका छन्। रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ०१ बस्ने बर्ष ३० को माङ्गुरे भन्ने दिपक गाहा चोरीको स्कुटरसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार, अभियुक्त गाहाले तीन दिन अघि राती बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलाबास अयोध्यापथबाट लु २१ प ३०२८ नं. को स्कुटर चोरी गरेर भागेका थिए। चोरी भएको स्कुटर खोज्ने क्रममा इलाका प्रहरी कार्यालय रन्यौरा, मुर्गिया रुपन्देहीको टोलीले सैनामैना नगरपालिका वडा नं. ५ बाट शनिबार गाहालाई चोरीको स्क्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्कुटरसहित पक्राउ परेका अभियुक्तलाई थप् अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पठाईएको इलाका प्रहरी कार्यालय रन्यौरा, मुर्गियाका प्रमुख प्रदिप पौडेलले जानकारी दिए।