पोखरा, १३ पुष २०८०/
दुर्लभ वन्यजन्तु मृग मारेको आरोपमा प्रहरीले कास्कीको दाङ्गसिङबाट एक जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का रेञ्जर भिम उपाध्याय सहितको संयुक्त टोलीले मृगको मासु सहित आज कास्कीको अन्नपुर्ण गाउपालिका वडा नम्बर ९ दाङ्गसिङ सिमलबोट बस्ने वर्ष ४३ को गौप्रसाद क्षेत्रीलाई पक्राउ गरेको हो।
अभियुक्त क्षेत्रीको सिमलबोटस्थित घरबाट प्रहरीले मृगको खुट्टा १८ वटा र मृगको सुकुटी अन्दाजी पांच सय ग्राम बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ।
अभियुक्त क्षेत्रीलाई बरामद भएको मृगको मासु र खुट्टासहित थप अनुसन्धानको लागि एक्यापको हरियो खर्क रामबजार पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।