प्रेमीसँग भाग्दै गरेको देखेपछि म्याग्दीका रत्नबहादुर घर्तीले आफ्नी कान्छी श्रीमतीलाई घांटी थिचेर हत्या गरेको खुलासा

प्रेमीसँग भाग्दै गरेको देखेपछि म्याग्दीका रत्नबहादुर घर्तीले आफ्नी कान्छी श्रीमतीलाई घांटी थिचेर हत्या गरेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ पुष २०८०
  • 11K
    Shares

श्रीमती रेखा घर्तीलाई हत्या गरेको आरोपमा पक्राउ परेका रत्नबहादुर घर्ती

पोखरा, १३ पुष २०८०/

प्रेमीसँग भाग्दै गरेको देखेपछि म्याग्दीका रत्नबहादुर घर्तीले आफ्नी कान्छी श्रीमती रेखा घर्तीलाई हत्या गरेको खुलेको छ। बिहिबार दिउसो करीब २ बजे पोखरा महानगरपालिका वडा नम्बर २९ को नौबिसेस्थित तोरीबारीमा श्रीमती रेखाको हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्त रत्न घर्तीले प्रहरॆसमक्ष त्यस्तो तथ्य खुलाएका हुन्।

प्रहरीसंगको प्रारम्भिक बयानमा अभियुक्त रत्नबहादुर घर्तीले आफुसंग राम्रो सम्बन्ध नभए पछि दैनिकजसो झगडा हुने गरेको बताएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए। । त्यही क्रममा परपुरूषसंगको सम्पर्कमा रहेको ठानिएकी कान्छी श्रीमती रेखा दिउँसो त्यही प्रेमीसँग भाग्ने लागेको अवस्थामा देखे पछि दुवै जनालाई लखेटेको र श्रीमती रेखालाई नौबिसेस्थित तोरीबारीमा फेला पारेपछि बारीको कान्लामा लगेर रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए।

म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्ती केही समय यता पोखरा महानगरपालिका वडा नम्बर २९ को नौबिसेमा बस्दै आएका थिए। उनीहरूका दुई जना बच्चा पनि छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार